नियम १०८
चेतावनी दिन सक्ने
: कुनै सशस्त्र प्रहरी कर्मचारीले समय पालन नगरेमा वा आफूभन्दा माथिको अधिकारीले दिएको आदेश पालन नगरेमा वा काममा लापरवाही वा ढिलासुस्ती गरेमा वा सेवाग्राहीसँग उचित व्यवहार नगरेमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय सजायको आदेश दिन पाउने अधिकारीले कारण खोली चेतावनी दिन सक्नेछ र सोको अभिलेख सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीको व्यक्तिगत विवरण फाइलमा राख्नु पर्नेछ ।